राजमान महर्जनले कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं, २३ कार्तिक। मङ्सिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा चुनाव लड्ने राजमान (मानव) महर्जनले घोषणा गरेका छन्। २०६७ सालबाटै सरसफाइ अभियन्ताका रूपमा उदाएका उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गरिसकेको भन्दै मङ्सिर २ गते मनोनयन दर्ता गर्ने उनले बताए । उपनिर्वाचन लड्नका लागि आफूले असोज ४ गतेबाटै नगरभित्र घरदैलो कार्यक्रमलाई अघि बढाएको उनले जानकारी दिए ।

‘मैले घरदैलो कार्यक्रम पनि सुरु गरिसके । भोली बाघ भैरवमा बिहान चियापान कार्यक्रम राखेका छौँ‚’ उनले भने । कीर्तिपुरकै लहना रेस्टुरेन्टको अध्यक्ष समेत रहेका उनले आफूलाई धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबाट पनि सहयोग आश्वासन आएको बताए । यस्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह बालेनको सचिवालयबाट पनि सम्पर्क भएको बताए ।

‘उहाँ (बालेन) को सचिवालयबाट कुरा आएको छ‚’ उनले भने । आफू नितान्त सामाजिक अभियन्ता भएको र राजनीतिक व्यक्ति नभएकाले पनि आफ्नो अभियान सफल बनाउन एक पटक पावरमा जान चाहेको उनले बताए ।

‘मेरो सरसफाइ सम्बन्धी जुन अभियान छ र मैले जसरी सोचेको छु त्यसलाई पुरा गर्न एक पटक पावरमा जान चाहेको हो‚’ उनले भने‚ ‘अभियान आफूले भने अनुसार सधैँ ढाल्न सकिने रहेनछ । पावर र अभियानले निचोड निकाल्न सकिन्छ कि भन्ने दृष्टिकोणले गर्दा खेरी एक पटक मेयर बन्न चाहेको हो ।’

करिब १५ देखि कीर्तिपुर र विभिन्न ठाउँमा सफाइ गर्दै आएका उनलाई जिताउन भन्दै धरानका मेयर हर्क साम्पाङका पनि समर्थन छ ।

५५ वर्षीय महर्जनलाई मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा जित्छु भन्ने पुरा विश्वास छ।’

उनले लामो समयदेखि लहना रेष्टुरेन्टको प्रबन्ध निर्देशकका रूपमा पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्