रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं,२३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे बैठकमा छलफल हुनेछ । त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने झाले बताए ।
सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति रबी लामिछाने कास्की प्रहरी हिरासतमा छन्। । लामिछानेमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेर उनको हिरासत लम्ब्याएको दाबी गरिरहेको छ ।
पार्टीले विचार मिल्ने दलहरूसँग यसबारे संवाद गर्ने, धारणा बुझ्ने निर्णय पनि गरिसकेको छ । केन्द्रीय समिति बैठकले त्यसबारे थप छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको हो बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्