श्रीमानले गरे आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या
काठमाडौं,२३ कात्तिक । तनहुँको जिल्लाको भानु नगरपालिका–८ गैरीफाँटका ४२ वर्षीय ओमनारायण श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ओमनारायणले बिहीबार ३९ वर्षीय श्रीमती प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।
ओमनारायणले प्रहार गरेको बन्चराले घाइते भएकी श्रीमती श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
सो हत्याका अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थापाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्