राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठीमाइको पुजा अर्चना
काठमााडैं , २२ कार्तिक । विशेष गरि तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् ।
त्यहाँ उनले छठीमाइको पूजा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल कमलपोखरीमा रहेको छठघाटमा पनि जाने तयारीमा छन् ।
छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो।
प्रतिक्रिया दिनुहोस्