फर्स्ट माइक्रोफाइनान्सले प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित, अधिकांश सूचकमा संकुचन
काठमाडौं,२२ कात्तिक । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणमा लघुवित्तका अधिकांश सूचकहरुमा संकुचन आएको छ ।
वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात बढेको छ भने खुद ब्याज आम्दानी घटेको छ । यसकारण संस्थाको नाफामा संकुचन आएको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले ३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा ३८.६८ प्रतिशतको संकुचन आएको छ ।
संस्थाको खराब कर्जा बढेर ४.४४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.९१ प्रतिशत थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि घटेर ६ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो यही अवधिमा ८ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ४४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड २४ लाख रुपैयाँ थियो । सञ्चालन मुनाफा ३८.६७ प्रतिशतले घटेको छ ।
चुक्तापुँजी १ अर्ब २३ करोड ३८ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा १३ करोड ८० लाख रुपैयाँ र रिजर्भमा ३० करोड १९ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ११ करोड ९४ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ५३ लाख रुपैयाँ रहेको थियो । रिटेन्ड अर्निङ र रिजर्भको आकार भने बढेको छ । संस्थाको प्रतिशेयर आम्दानी घटेर १०.०८ रुपैयाँमा खुम्चिएको छ । अघिल्लो त्रयमासमा यस्तो ईपीएस १६.०६ रुपैयाँ थियो । पीई रेसियो ८०.८५ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३५.३२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्