डिप्रोक्स लघुवित्तको नाफा अघिल्लो बर्षको तुलनामा २३ प्रतिशत घट्यो
काठमाडौं,२२ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पहिलो त्रैमाससम्म आइपुग्दा ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा २२.९८ प्रतिशत कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस संस्थाको खुद ब्याज आम्दानी २४.५० प्रतिशतले बढेर ४१ करोड ६१ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ३३ करोड ४२ लाख रुपैयाँ थियो । इम्पेयरमेन्ट चार्ज १७०।५२ प्रतिशतले बढेर १३ करोड २४ लाख पुगेको छ । उक्त चार्ज बढ्दा नाफामा दबाब परेको हो ।
यस वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा १ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य नाफा ४१ करोड ९ लाख देखिएको छ ।
त्यस्तै, एनपीएल ९.०१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार ५ प्रतिशत भन्दा धेरै एनपीएल भएको संस्थाले लाभांश दिन मिल्दैन । संस्थाको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने २१७.६२ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्