आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं,२२ कात्तिक । आशा वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बुधबारको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
लघुवित्तको मूल्य समायोजन पश्चात यसको भाउ ९३५.६७ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर संस्थाको सेयर नेप्सेमा कारोबार खुला हुनेछ ।
प्रतिक्रिया दिनुहोस्