निफ्रा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं,२२ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. निफ्राको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

बैंकका संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको स्वामित्वमा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

कम्पनीले जारी गरेको सूचनाको ३५ दिनभित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्