अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा

काठमाडौं, २२ कार्तिक । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

 

अमेरिकी डलरले नयाँ रेकर्ड कायम गर्दा यूरो र पाउण्डको भाउ भने ह्वात्तै घटेको छ । बिहीबार युरोपियन यूरोको एकको खरिदर १४४.२१ रुपैयाँ र बिक्रीदर १४४.८६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.२० रुपैयाँ र बिक्रीदर १७३.९७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.४८ रुपैयाँ र बिक्रीदर १५४.१६रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ तोकेको छ ।

यसअघि हिजो युरोपियन यूरोको एकको खरिदर १४६.३९ रुपैयाँ र बिक्रीदर १४७.०४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.४२ रुपैयाँ र बिक्रीदर १७५.२० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.८२ रुपैयाँ र बिक्रीदर १५६.५२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ तोकेको थियो ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.७५ रुपैयाँ र बिक्रीदर ९७.१८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.८७ रुपैयाँ र बिक्रीदर १०१.३२ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७६ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८२ रुपैयाँ र बिक्रीदर ३५.९८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९१ रुपैयाँ र बिक्रीदर ३७.०८ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५६ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६१ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३८ रुपैयाँ र बिक्रीदर १२.४४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३४ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.२३ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.९३ रुपैयाँ र बिक्रीदर ३५८.५२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्