सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२१ कात्तिक । सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख २० हजार २१४ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माको नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सो खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले प्रकाशित गरेको सुचनामा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्