सानिमा बैंक लि. र आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,२१ कात्तिक । सानिमा बैंक लि. र आसा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाले कात्तिक २५ गते, आइतबार, बुकक्लोज गर्दै छन्।

भोली (कात्तिक २२ गते) बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरुको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।

सानिमा बैंकले मंसिर ४ गते, मंगलबार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले भने मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा साधारण सभा बोलाएको छ । सभा दिउँसो ३:00 बजे शुरु हुनेछ ।

सभाले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०।७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्