च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित
काठमाडौं, २१ कार्तिक। लुइस डियाजको ह्याट्रिक मदतमा लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा गएराती जर्मन क्लब बायर लेभरकुजनलाई ४-० ले पराजित गरेको छ ।
यो जितपछि लिभरपुलले लिगमा शतप्रतिशत नतिजा निकाल्दै अपराजित यात्रा कायम राखेको छ । अहिलेसम्म खेलेको चारवटै खेल जितेर १२ अंक जोडेको लिभरपुल अंङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ । लेभरकुजन ४ खेलबा६ ७ अंकसहित १२औं स्थानमा छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले सबै गोल दोस्रो हाफमा गरेको थियो । जहाँ डियाजले ६१औं, ८३औं र खेलको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अर्को गोल कोडी गाक्पोले ६३औं मिनेटमा गरे ।
नयाँ प्रशिक्षक अर्ने स्लटको प्रशिक्षणमा लिभरपुलले यस सिजन गज्जबको प्रदर्शन गरिरहेको छ । उता बायर लेभरकुजनका प्रशिक्षक जावी अलोन्सोका लागि यो एनफिल्ड पुनरागमन राम्रो रहेन ।
लिभरपुलका यी पूर्व खेलाडीका लागि एनफिल्ड रिटर्न इमोसनल बन्यो । उनलाई यसअघि लिभरपुलकै प्रशिक्षकम प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका थिए ।
च्याम्पियन्स लिगकै अन्य खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डले भने स्टर्म ग्राजलाई १(० ले हरायो । तर जर्मनीकै आरबी लाइपजिग भने स्कटिस क्लब सेल्टिकसँग ३(१ ले पराजित भयो ।
फ्रान्सेली क्लबको नतिजा पनि मिश्रित रह्यो । एएस मोनाकोले इटालियन क्लब बोलोग्नालाई १(० ले पराजित गर्दा लिलले भने इटालियन क्लब युभेन्ट्ससँग १(१ को बराबरी खेल्यो ।
प्रतिक्रिया दिनुहोस्