समता घरेलु लघुवित्तको एफपीओ भर्ने अधिक आवेदनका कारण झण्डै १४ लाखको हात खाली हुने
काठमाडौं,२० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज अन्तिम दिनसम्म १४ लाख ३२ हजार ४२० जनाले एफपीओमा आवेदन दिएका छन् । यसमध्ये १३ लाख ९७ हजार ३३० जनाको हात खाली हुने भएको छ ।
लघुवित्तले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ता शेयर खरिदका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि थियो । शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो ।
समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्