ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
काठमाडौं, २० कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
बैंकले साधारण सभामा ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, गत आ.व. को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते बुक क्लोज गर्नेे छ । मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्