दशैं र तिहार सकिएँगै तिहारपछि गोलभेँडा केही सस्तिए

काठमाडौै, २० कार्तिक। नेपालीहरुको ठूलो चाड दशैं र तिहार सकिएँगै कालीमाटी होलसेल बजारमा तिहारपछि गोलभेँडा केही सस्तिएको छ । दुई साताअघि प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको गोलभेँडा अहिले १ सयमुनि झरेको छ ।

मंगलबार ठूलो गोलभेँडा ९० र सानो गोलभेँडा ८० रुपैयाँमा कारोबार भएको छ । गत बुधबार ठूलो/सानो गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ थियो ।

त्यस्तै टनेल गोलभेँडाको भाउ मंगलबार १०० रुपैयाँ प्रतिकिलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक साताको अवधिमा रातो आलु प्रतिकिलो ५ रुपैयाँ बढेको छ । गत बुधबार रातो आलु ८५ रुपैयाँ रहेकोमा यस दिन प्रतिकिलो ९० रुपैयाँ छ ।

त्यस्तै प्याज ११५, स्थानीय काउली १२०, डल्लो भन्टा ७०, लाम्चो भन्टा ६०, तने बोडी १४०, घिउ सिमी ६०, टाटे सिमी ७०, तिते करेला अधिकतम ८० रुपैयाँ छ । चिचिन्डो ४०, घिरौंला ६०, भिण्डी ८०, बरेला ६०, इस्कुस ३०, रायो साग १००, चमसुर साग २००, तोरीको साग ९० तथा मेथीको साग २०० रुपैयाँ किलोमा कारोबार भएको छ ।

ब्रोकाउली १४०, कन्य च्याउ १३० तथा डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
आजको तरकारीको मुल्य यस्तो छ: kalimata

प्रतिक्रिया दिनुहोस्