राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टिका ग्रहण
काठमाडौं, १८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले टिका ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका ग्रण गरेका ह्न ।
राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आइतबार बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । आज दिनभर नै टिकाको साइत भएको समिलिे जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्