भाइटीका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं, १८ कार्तिक । यमपञ्चकको पाँचौं (अन्तिम) र तिहारको मुख्य दिन आज भाइटीका लागि दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिनको खुलाइने चलन छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ । तिहारको दाजुभाई तथा दिदिबहीनीको अभाव र महसुस नहोस् भनेर यसरी टिका लागाउने गर्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्