आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदै, ११ बजेर ३७ मिनेटमा उत्तम साइत
काठमाडौं, १८ कार्तिक । यमपञ्चकको पाँचौं (अन्तिम) र तिहारको मुख्य दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।
पाल पञ्चांग निर्णायक विकास समितिले टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । यसरी तिहारको मुख्य दिन आज दाजुभाई तथा दाजुभनईविच सत्तरंगी तिका लागाई सद्भाव साट्ने गरिन्छ । दाजुभाई तथा दिदिुबहिनी नहुनेहरुले पनि भाईमानेर टिका लगानीदिने गरिन्छ । त्यस्तै काठमाडौंको रानीपोखरीमा पनि दाजुभाई तथा दिदिुबहिनी नहुनेहरु टिका लगाउन आउने चलन छ । आज भाईटिकाका लागि रानीपोखरीको ढोका खुला हुनेछ
प्रतिक्रिया दिनुहोस्