सुनकोशी गाउँपालिकाका बाढीपिडित ३५ परिवारलाई खाद्यसामग्री वितरण
काठमाडौं, १५ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका गजुरी दह १ का बाढीपिडित ३५ परिवारलाई चामल, दाल, नुनतेल, चियापत्तीलगायत खाद्यसामग्री सहयोग गरिएको छ ।
उद्यमी एवं समाजसेवी सुवोधप्रसाद प्रधानको समूह मार्फत उक्त सहयोग प्रदान गरिएको हो ।
जापानमा बसोबास गर्ने प्रभिण श्रेष्ठले पठाएको सहयोग वितरण गरिएको हो।
त्यस्तै सोही समुहले विभिन्न अस्पतालमा उपचाररत विरामी, भूकम्प प्रभावित मानिसहरूलाई आर्थिक तथा जिन्सी सहयोग उपलव्ध गराएको छ । समाजसेवी प्रधानले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा रहेका साथिहरुसँग समन्वय गरी अहिलेसम्म करिब २० लाख बराबरको सहयोग उपलव्ध गराइएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्