साफ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु, ऐतिहासिक उपाधि जित्ने दाउमा नेपाल

काठमाडौं, १४ कार्तिक। साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।

नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् ।

साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।

नेपाल आज बंगलादेशलाई हराउँदै ऐतिहासिक उपाधि जित्ने दाउमा छ । नेपालको पक्षमा समर्थन गर्न ११ हजार दर्शकले टिकट काटेका छन् । नेपाली राष्ट्रिय झण्डासहित नेपाली दर्शक नेपाली टोलीको समर्थकमा छन् ।

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल अवलोकनका लागि प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका छन् ।

ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।

उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलमा गोलm गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी हुन् ।

नेपाली महिला खेलाडीलाई प्रोत्साहन गर्नका लागि आफूले नग सहित सम्मान गर्न लागेको उनले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्