विन्ध्यबासीनी हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौं,१३ कात्तिक । विन्ध्यबासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. ले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा सहित साधारण सभा बोलाएको छ ।
कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले मंसिर ६ गते, बिहीबार, आफ्नो कार्यालय परिसर, नयाँ बानेश्वर, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले लाभांश प्रस्तावका साथै सञ्चालक समितिको संख्या संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्