फर्स्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा
काठमाडौं,१४ कात्तिक । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले चुक्ता पूँजीको ९.४७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो मध्ये ९ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश पनि रहेको छ ।
प्रस्तावित लाभांन्स नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्