नबिल बैंकको गर्यो लाभांश घोषणा

काठमाडौं,१४ कात्तिक । नबिल बैंकले गत आ.व.२०८०/८१ को मुनाफाबाट सेयरधनिलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्