सोल्टी होटलले बोलायो वार्षिक साधारण सभा
काठमाडौं, १४ कात्तिक । सोल्टी होटल लिमिटेडले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ ।
होटलले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको करसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन, कमलादी, काठमाडौँमा ५० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ । सूचना अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्