स्ट्याण्डर्ड चार्टड बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं,१३ कात्तिक । स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोे छ ।
बैंकले २५ दशमलब ५० प्रतिशत लाभांश प्रस्ताव गरेको मध्ये ६.५० प्रतिशत बोनस शेयर रहेको छ भने १९ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीहरुले सो लाभांश प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्