ग्रामीण विकास लघुवित्तको पहिलो त्रैमासमा ८ करोड ७९ लाख नाफा कमायो

काठमाडौं,१३ कात्तिक । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेको छ । प्रकाशित पहिलो त्रैमासिक प्रतिवेदन अनुसार संस्थाले ८ करोड ७९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ३०.६४ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा यसले ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी बढेको छ, इम्पेयरमेन्ट चार्ज फिर्ता हुँदा खुद नाफामा सुधार आएको हो । संस्थाले २ करोड १ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । त्यस्तै, खुद ब्याज आम्दानी २५.४५ प्रतिशतले बढेर ३२ करोड २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त आम्दानी २५ करोड ६८ लाख रुपैयाँ थियो ।

सञ्चालन नाफा ९.१३ प्रतिशतले बढेर ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको यस संस्थाको जगेडा कोषमा १ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ छ । यसको सेयर प्रिमियममा ६ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ८८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्