सरकार विरुद्ध राष्ट्रिय स्वतन्त्र बालुवाटारमा वृहत् प्रदर्शन गर्दै

काठमाडौं, १३ कार्तिक । सरकार विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि विरोध गर्दै रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ आज बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्