युनिलिभर नेपाल, सिटिजन्स बैंक र आँखुखोला जलविद्युतको साधारण सभा आज बस्दै
काठमाडौं,१२ कात्तिक । नेपाल धितोपत्र बजारमा सूचीकृत ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यस दिन युनिलिभर नेपाल, सिटिजन्स बैंक इन्टरनेसनल र आँखुखोला जलविद्युतको साधारण सभा बस्न लागेको हो । युनिलिभर र सिटिजन्स बैंक गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् भने आँखुखोला जलविद्युतको लगानीकर्तालाई कुनै पनि लाभांस बितरण नगर्ने भएको छ ।
युनिलिभर नेपालको ३१ औं वार्षिक साधारण सभा एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सभाले कर सहित १७ सय १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । गत आ.व.को नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक र सामुदायिक परियोजनाहरुको खर्चहरु पारित गर्नेलगायत एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरिरहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
साथ, बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि यस बैंकले असोज २९ गते बुक क्लोज गरिसकेको छ ।
आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा वैभव पार्टी प्यालेस, मैतिदेवी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्