प्राइम कमर्सियल बैंकले यस पल्ट नगद लाभांश मात्र वितरण गर्ने
काठमाडौं,११ कात्तिक । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले चुक्ता पूँजीको ५ प्रतिशत कर सहित का दरले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्