विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं, ११ कार्तिक । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्