सूर्यदर्शन सहकारीको रकम ठगीका अर्का राम बहादुर खनाल पक्राउ
मा काठमाडौं, ९ कार्तिक । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईब०ले उनलाई शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा।लि। र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रवक्ता बोगटीले बताए ।
प्रतिक्रिया दिनुहोस्