सगरमाथा जलविद्युतले बोलायो मंसिर १४ गते साधारण सभा
काठमाडौ,९ कात्तिक । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत करसहित लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजेदेखि शुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २६ गते, बुकक्लोज गर्ने भएको छ । सूचना अनुसार कात्तिक २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्