नेशनल लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,९ कात्तिक । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । १५ प्रतिशत मध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश रहेको छ ।

कात्तिक ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भए पछि यो प्रस्तावित लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्