एलआइसी नेपालको हकप्रद सेयर प्राप्त गर्न आजसम्म सेयरधनी बन्नु पर्ने

काठमाडौं, ८ कात्तिक । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाले ८८.४५ प्रतिशत हकप्रद सेयर लिन आज कात्तिक ८ गते बिहीबारसम्म कायम सेयरधनीले पाउनेछन् । इन्सुरेन्सले हकप्रद सेयरको लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन पाउने छन् ।

कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एलआइसी नेपालले प्रतिकित्ता १ सय रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्