यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ८ कात्तिक । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० म्युचुअल फण्ड लाभांश सुरक्षित गर्ने आज कात्तिक ८ गते बिहीबार अन्तिम दिन हो । यी दुवै कम्पनीले लाभांश प्रयोजनको लागि कात्तिक ९ गते शुक्रबार बुक क्लोज गर्दैछन् । बिहीबारसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

स्वावलम्बन लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५५ नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । लाभांश प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले कात्तिक ३० गते लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्यसैगरि, हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०–२०’ म्युचुअल फन्डले गत वर्षको नाफाबाट ६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । फन्डले इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्