माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब माथी

काठमाडौं,७ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी वितरणयोग्य मुनाफा कमाएको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.३३ गुणा रहेको छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष भने पछिल्लो ३ महिनामा ८.९० प्रतिशत बढेको छ । त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ६.२३ प्रतिशत र कर्जा तथा सापटी ८.९४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्