प्रधानमन्त्री ओलीले गरे सत्तारुढ दलहरुको बैठक आह्वान

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक आह्वान गरेका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ वालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सबै सत्तारुढ दलहरु बैठकमा सहभागि हुने तयारीमा छ । यो बैठकलाई अति गम्भिर रुपमा हेरीएको छ । किनकी नेपालको राजनीति अलि तरल अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्