इतिहामा आज
ब्राजिलका महान फुटबलर पेल अर्थात कालोमोती
ब्राजिलका महान फुटबलर अर्थात पेल जसलाई फुटबलको राजा भनेर चिनिन्छन् । इतिहासका सबैभन्दा चर्चित फुटबलरहरू मध्ये एक हुन् । उनको जन्म आजैको दिन अर्थात अक्टोबर २३, १९४० मा ब्राजिलमा भएको थियो । पेले आफ्नो अविश्वसनीय कौशल, स्कोर गर्ने क्षमता र खेलमा प्रभाव पार्ने कारणले अन्तर्राष्ट्रिय ख्याति कमाए एक महान फुटबल खेलाडी थिए ।
पेलेले सान्तोस एफसीबाट मात्र १५ वर्षको उमेरमा आफ्नो व्यावसायिक करियर सुरु गरे । जहाँ उनले कोपा लिबर्टाडोरेस सहित धेरै उपाधि जितेका थिए । उनी ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकप फुटबल जिताउनको लागि सबैभन्दा बढी चिनिन्छन् । उनको खेल शैलीले असाधारण ड्रिब्लिङ, सटीक पासिङ र शक्तिशाली शुटिङले भरिपूर्ण थियो । जसले गर्दा उनलाई उत्कृष्ट फर्वार्ड बनाएको थियो ।
उनी लिग खेलका सर्वाधिक गोलकर्ता पनि हुन लिग खेलमा ६७८ गोल गरेका छन् भने १३६३ खेलमा ७८९ गोल गरेको रकर्ड पनि उनको नाममा छ ।
उनी पछिल्लो समय ब्राजिलको खेलमन्त्री समेत भएका थिए । व्यावसायिक फुटबलबाट सन्यास लिएपछि, पेले खेलकुदको लागि विश्वव्यापी राजदूत बनेर, फुटबललाई प्रवद्र्धन गर्दै र विभिन्न मानवीय प्रयासहरूमा संलग्न रहे । पेले फुटबल खेल इतिहासमा एक प्रतिष्ठित व्यक्तित्व र सर्वकालिन महान फुटबलरहरू मध्ये एक मानिन्छन् ।
पेलेलाई विश्वभरका फुटबल खेलाडी र उनको खेल देखेका दर्शकले उनलाई आज पनि श्रद्घापूर्वक सम्झन्छन् । उनी विभिन्न नामले चिनिन्छन् जस्तै फुटबलका राजा त कसैले कालो मोती, गोल मेसिन आदि आदि ।
तिनै महान फुटबलर पेलेको ८२ वर्ष उमेर डिसेम्बर २९, २०२२ मा निधन भयो । फुटबलका खेलाडी र फुटबलका दर्शकले शताब्दीऔँसम्म सम्झि रहने छन् ।
प्रतिक्रिया दिनुहोस्