बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्काशनको लागि बोर्डको अनुमति

काठमाडौं,६ कात्तिक । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद बिक्रीको अनुमती दिएको छ । बलेफीले अब प्रति कित्ता एक सय रुपैयाँका दरले १ अर्ब ८२ करोड रुपैयाँ बराबरको हकप्रद ल्याउने भएको छ ।

बलेफीले १ अर्ब ८२ करोड रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०१ कित्ता हकप्रद विक्री गर्ने भएको हो । हाल बलेफीको चुक्ता पूँजी १ अर्ब ८२ करोड रहेको छ । हकप्रद बिक्री पश्चात बलेफीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड पुग्नेछ ।

हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि बलेफीले एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्