थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं,६ कात्तिक । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कात्तिक ५ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्