हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ,६ कात्तिक । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली कात्तिक ७ गते बुकक्लोज गर्दैछ ।

साधारण सभाको सूचना अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आगामाी कात्तिक २५ गते, आइतबार, आम्रपाली ब्याङ्केट, काठमाडौँमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समितिलाई अख्तियारी दिने लगायत प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्