कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ६ कार्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

मधेश प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गेको बुलेटिनमा उल्लेख छ ।

यस्तै, राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाले जनाएको छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्