मन्दाकिनी हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा

काठमाडौं,५ कात्तिक । मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा बोलाएको छ । साधारण सभा नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यसैगरि, बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । सभामा गत आ.व.को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने लगायत एजेन्डा पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनको लागि यसले कात्तिक २८ गते बुक क्लोज गर्दैछ । कात्तिक २७ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने शेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्