बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर स्वीकृत

काठमाडौं,५ कात्तिक । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर स्वीकृत गरेको छ । बोर्डले कार्तिक ४ गते बलेफीको हकप्रद शेयर स्वीकृत गरेको हो ।

धितो बोर्डले कम्पनीलाई १ बराबर १ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निस्कासन गर्ने प्रकृया अघि बढाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्