अध्यादेश ल्याउने विपक्षमा कांग्रेस, मन्त्रीपरिषद बैठक स्थगित

काठमाडौं, ५ कार्तिक ।  सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच प्रमख् सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको जानकारी दिए ।

‘किन हतारिनु पर्‍यो ? अहिले अध्यादेश किन चाहियो ? उनले कांग्रेसको आधिकारिक धारणा सुनाउँदै भने, यसअघि आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए ।

तर देउवाले हतार नगर्न सल्लाह दिएको उनी निकट सूत्रले बतायो । कांग्रेसको असहमतिका कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सम्भव नभएपछि प्रधानमन्त्री ओलीले सोमबार ५ बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् ब्रैठक पनि स्थगित गरेका छन् ।

बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने बत्ताइएको थियो । संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने कसरतमा जुटेका थिए । यसै गरि आज बेलुका बस्ने भनिएको मन्त्रीपरिषद बैठक स्थगित छ। आजको मन्त्रिपरिषद्को बैठकले अध्यादेश ल्याउन चर्चा तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्