मेवा डेभलपर्समा लगानी गर्दै नेपाल लाइफ

काठमाडौं,५ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मेवा डेभलपर्समा लगानी गर्ने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नियामक नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा मेवा डेभलपर्समा लगानी गर्न लागिएकोे जनाएको छ । मेवा डेभलपर्स मध्य मेवा हाइड्रोपावर परियोजना र सेवा खोला हाइड्रोपावर परियोजनाको प्रवद्र्धक हो ।

नेपाल लाइफले मेवा डेभलपर्सको अंकित मूल्य १०० रुपैयाँमा ५० लाख कित्ता शेयर खरिद गर्ने सम्झौता गरेको छ । जसअनुसार कम्पनीले मेवा डेभलपर्समा ५० करोड रुपैयाँ लगानी गर्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र मेवा डेभलपर्सबीच गत कात्तिक १ गते शेयर खरिद सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्