सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा

काठमाडौं,५ कात्तिक । सपोर्ट लघुवित्तले गत आ.व.को कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको आइतबार बसेको सञ्चालक समितिले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्