राजनीतिक अवस्थाका बारेमा समिक्षा गर्न एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं, ४ कार्तिक । पछिल्लो राजनीतिक अवस्थाका बारेमा समिक्षा गर्नका लागि नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेकपा एमालेका एक नेताले जानकारी दिए । यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्