इजराइली आक्रमणमा हमासका प्रमुख याह्या सिन्वरको मृत्यु

काठमाडौं,२ कात्तिक । प्यालेस्टाइनको गाजापट्टिमा इजराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इजराइलले दाबी गरेको छ ।

बिहीबार इजराइलको परराष्ट्र मन्त्रालयले एक्स ट्विटर मा पोस्ट गर्दै इजराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गाजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो । इजराइली अधिकारीहरूले सिन्वरको मृत्यु भएको उल्लेख गरेका थिए ।

सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको कुनै विशेष सैनिक कारबाहीमा भएको होइन । उनी गाजापट्टिमा इसराइली सेनाले गरेको नियमित कारबाहीमा मारिएका हुन्। ।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्। ।

एउटा भवनमा हमासका लडाकुहरू भएको आशंकामा सेनाले त्यहाँ ट्यांकले आक्रमण गरेको थियो । पछि सैनिक भित्र पसेर हेर्दा सिन्वरजस्तै देखिने व्यक्तिको शव भेटिएको हो ।

सिन्वर तिनै ब्यक्ति हुन जो दुई दशकभन्दा बढी इसराइली जेलमा रहेका थिए । त्यसैबीच उनको त्यो समयमा उनको बायोमेट्रिक गरिको हुन सक्छ । डिएनए रेकर्डसँग उक्त शवको डिएनए मिलेको पाइएपछि उनी मारिएको पुष्टि इजरायलले गरेको हो ।

इजरायलले इस्माइल हनियेको हत्या गरेपछि सिन्वर हमास प्रमुख चुनिएका थिए । ६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो ।

यस्तै, जुलाई १३ मा इसराइलले गाजाको खान युनिस सहरबाहिर हवाइ आक्रमण गर्दा हमासका सैन्य कमान्डर मोहम्मद देइफको मृत्यु भएको थियो । देइफको मृत्युपछि सिन्वर हमासका सैन्य कमान्डर बनेका थिए । इजरायलमाथि आक्रमण गर्ने योजना देइफ र सिन्वर दुई जनाले सँगै मिलेर बनाएको इजरायलको आरोप छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्