आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौं,२ कात्तिक । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उल्लेखित दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्